निर्धन उत्थान लघुवित्तले घोषणा गर्यो कुल २०% लाभांश, बोनस कति ?

निर्धन उत्थान लघुवित्तले घोषणा गर्यो कुल २०% लाभांश, बोनस कति ?


बैंकिङ्ग समाचार, काठमाडौं ।
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । पुस १९ गतेको सञ्चालक समितिको कम्पनीको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा शेयरधनीहरुलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भइ आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।