बैंकिङ्ग समाचार, काठमाडौं ।
समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जर सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । यी दुई कम्पनीबीच पुस १८ गते मर्जर सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
कम्पनीले मर्जर सम्झौता सम्बन्धि जानकारी नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को वेवसाइटमार्फत गराएको हो । काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका वडा नम्बर ७ मा रजिष्टर्ड कार्यालय रहेको समता घरेलु लघुवित्त र काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नम्बर ५ मा रजिष्टर्ड कार्यालय भएको स्वरोजगार लघुवित्त एक हुन लागेका हुन ।
हाल समता घरेलु लघुवित्तको चुक्तापूँजी रू. ३४ करोड २७ लाख ४४ हजार रहेको छ भने स्वरोजगार लघुवित्तको चुक्तापूँजी रू. ५१ करोड ४० लाख ९९ हजार रहेको छ ।
प्रतिक्रिया