बैंकिङ्ग समाचार, काठमाडौं ।
हिमालयन डिष्टीलरी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज पुस १९ गते मंगलवार रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनका लागि पुस २० गते बुक क्लोज गर्ने भएसँगै पुस १९ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।
कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ६० प्रतिशत बोनस शेयर र कर सहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । यो लाभांश पारितका लागि कम्पनीले पुस २७ गते साधारण सभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय विरगञ्ज महानगरपालिका वार्ड नं लिपनिविर्ता पर्सामा बिहान १० बजे शुरु हुने कम्पनीले जानकारी दिएको हो ।



About Us
प्रतिक्रिया