बाराही हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ?


बैकिङ्ग समाचार, काठमाडौं ।
बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । सोमबार कम्पनीको २५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । अब यस शेयर लगानीकर्ताले धितोपत्रको दोस्रो बजारमा मंगलवार देखि कारोबार गर्न सक्नेछन् ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ६४ रुपैयाँ ९७ पैसादेखि १९४ रुपैयाँ ९१ पैसा ओपनिङ रेञ्ज तोकेको छ । पहिलो कारोबारको लागि नेप्सेले कम्पनीको नेटवर्थको तिन गुणा सम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थायिन बासिन्दाको लागि निष्काशन गरेको १ लाख ४६ हजार आइपीओ, सर्वसाधारणको लागि निष्काशन गरेको ५ लाख ५४ हजार आइपीओ र संस्थापकहरुको लगानी गरेको १८ लाख कित्ता शेयर गरेर कुल २५ लाख कित्ता साधारण शेयर सूचिकृत राएको हो ।