बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन आज सोमबार दोहोरो अंकले बढेको छ । आज नेप्से १७.५६ अंकले बढेर २ हजार ६३ दशमलब ८३ विन्दुमा बन्द भएको हो । आइतबार नेप्से १७.२६ अंकले बढेर २ हजार २९ दशमलब ३ विन्दुमा बन्द भएको थियो ।
त्यस्तै, आज शेयरबजार बढेपनि कारोबार रकम भने घटेको छ । आज २ अर्ब ९६ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा ४ अर्ब ४ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका कम्पनीमध्ये १६५ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ३९ वटा कम्पनीको शेयरमूल्य घटेको छ, ७ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ, भने तीन वटा कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।
आज एनएमबी फिफ्टीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंक लिमिटेडको भएको छ । यसको आज १६ करोड ८४ लाखभन्दा बढीको कारोबार भएको छ ।



About Us
प्रतिक्रिया