एनसीसी बैंकसँगको सफल मर्जर पछि कुमारी बैकको सीइओमा रमेशराज अर्याल नियुक्त


बैंकिङ्ग समाचार, काठमाडौं ।
कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा रमेशराज अर्याल नियुक्त भएका छन् । मर्जर पछि पहिलो पटक आइतबार (पुस १७ गते) बसेको सञ्चालक समितिको बैठकले अर्याललाई ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरेको हो ।

कुमारी बैंक र नेपाल क्रेटिड एण्ड कमर्स बैंक एक आपसमा गाभिई बनेको कुमारी बैंकको अध्यक्षमा अमिर प्रतापजंग बहादुर राणा चयन भएको पनि कम्पनीले जानकारी दिएको छ ।