राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ भन्दा बढिको ट्रेजरी बिल जारी गर्दै

राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ भन्दा बढिको ट्रेजरी बिल जारी गर्दै


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आज सोमबार २० अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले २८ दिन अवधिको ५ अर्ब रुपैयाँ र ९१ दिन अवधिको ७ अर्ब ७५ करोड रुपैयाँ र ३६४ दिन अवधिको ७ अर्ब ५० करोड रुपैयाँ गरी कुल २० अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार २८ दिन अवधिको ट्रेजरी बिल आगामी माघ १७ गते परिपक्व हुनेछ, ९१ दिन अवधिको ट्रेजरी बिल चैत्र २१ गते र ३६४ दिन अवधिको ट्रेजरी बिल २०८० पुस १७ गते परिपक्व हुनेछ । यसअघि बैंकले ९१ अवधिको ६ अर्ब ५० करोड रुपैयाँ १८२ दिन अवधिको १० अर्ब रुपैयाँ र ३६४ दिन अवधिको २ अर्ब गरी कुल १८ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल जारी गरेको थियो ।

ऋणपत्रको बोलकबोल अनलाइनमार्फत सोमबार दिउँसो २ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैह्रबैंक तथा वित्तीय संस्था लगायतमध्ये सर्वाधिक अङ्क कबोल गर्नेलाई राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ ।