आजदेखि सुरु गरे कुमारी र एनसीसी बैंकले एकीकृत कारोबार


बैंकिङ्ग समाचार, काठमाडौं ।
कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले पुस १७ गते (आज) देखि एकिकृत कारोबार सुरु गरेकाछन् । यी दुई बैंकले मर्जर प्रकृया पुरा गरी आजबाट एकिकृत कारोबार सुरु गरेका हुन् ।

मर्जरपछि कुमारी बैंकको नामबाट एकिकृत कारोबार हुन लागेको हो । मर्जर पश्चात बैंकको केन्द्रीय कार्यालय हाल कुमारी बैंकको केन्द्रीय कार्यालय रहेको स्थान टंगालमा रहने छ ।

एक आपसमा मर्जरमा जानका लागि यी दुई बैंकको मंसिर २५ गते सम्पन्न विशेष साधारण सभाबाट पारित गरेका थिए । 

नेपाल राष्ट्र बैंकबाट भने दुई बैंकले मर्जरमा पुस ६ गते मर्जरमा जाने अन्तिम स्वीकृति पाएका थिए । यी दुई बैंक एक आपसमा मर्जरमा गएपछि बन्ने कम्पनीको चुक्ता पूँजी रू. २५ अर्ब ८५ करोड पुग्नेछ । मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश अर्याल र बरिष्ठ डेपुटी सीईओमा रामचन्द्र खनाल हुनेछन् ।

मर्जर पछि डाटा माईग्रेसन प्रयोजनको लागि पुष १५ र पुष १६ गते सार्वजनिक बिदाका दिन कुमारी बैंक र एनसीसी बैंकद्वारा आफ्ना विभिन्न शाखाहरुबाट प्रदान गर्दै आईरहेको बैंकिङ्ग सेवाहरु बन्द गरेका थिए ।