बैंकिङ्ग समाचार, काठमाडौं ।
सिद्धार्थ बैंकले श्रीवृद्धि प्लस मुद्दती खाता योजना सञ्चालनमा ल्याएको छ । बैंकले २०औं वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक प्रतिफलका साथमा १ करोडसम्मको म्यादी जीवन बीमा सुविधा प्राप्त गर्न सकिने मुद्दती योजना सञ्चालनमा ल्याएको हो ।
बैंकको अनुसार व्यक्तिगत ग्राहकवर्गहरुलाई लक्षित गरी ल्याइएको यस मुद्दती योजना अन्तर्गत न्यूनतम ५० हजारमा खाता खोल्न सकिनेछ । यस मुद्दती योजनामा ग्राहकवर्गहरुले निक्षेप रकमको २ गुणा सम्मको प्रतिफल प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
यसका अतिरिक्त, पहिलो वर्षको लागी नि:शुल्क क्रेडिट कार्ड सुविधा समेत प्राप्त गर्न सक्ने बैकले जानकारी दिएको छ । बैंकको यस मुद्दती योजनाको बीमा साझेदार महालक्ष्मी लाईफ इन्स्योरेन्स रहेको छ ।
बैंकको अनुसार ग्राहकवर्गहरुले सिद्धार्थ बैंककोे सबै शाखा कार्यालयहरुबाट सहजै यो मुद्दती खाता खोल्न सक्नेछन् ।
सिद्धार्थ बैंकले देशभर १९३ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), २१५ वटा ए.टि.एम, ११८ शाखारहित बैंकिङ्ग सेवा र १८ सयभन्दा बढी पिओएस् मेसिन मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।



About Us
प्रतिक्रिया