पछिल्लो २ दिन भारी अंकले बढेको नेप्से आज दोहारो अंकले घट्यो, कारोबार रकम २ अर्ब


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन आज बुधबार दोहोरो अंकले घटेको छ । पछिल्लो २ यता निरन्तर उकालो लागेको शेयर बजार आज भने दोहोरो अंकले घटेको हो । 

आज नेप्से ११.८१ अंकले घटेर १ हजार ९ सय ७२ दशमलब १५ विन्दुमा बन्द भएको हो । त्यस्तै, आज कारोबार रकम पनि घटेको छ । मंगलबार ३ अर्ब भन्दा बढीको कारोबार भएको नेप्सेमा आज २ अर्ब १५ करोड ३५ लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ ।  

आज कारोबार भएका कम्पनीमध्य ६० वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १४९ वटा कम्पनीको शेयरमूल्य घटेको छ । पाँच वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । साथै आज तीन वटा कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।  

आज महुली लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । 

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यसको आज ८ करोड ८५ लाख भन्दा बढीको कारोबार भएको छ ।