पुस पहिलो साता वाणिज्य बैंकको निक्षेप २० अर्बले बढ्यो, कर्जा लगानी न्युन


बैंकिङ्ग समाचार, काठमाडौं ।
पुस महिनाको पहिलो सातामा वाणिज्य बैंकहरुको निक्षेप बढेको छ । नेपाल बैंकर्स संघ, एनबिएका अनुसार पुस महिनाको पहिलो सातामा कमर्शियल बैंकको निक्षेप २० अर्बले  बढेको हो । यो हप्ता वाणिज्य बैंकहरुमा २० अर्ब रुपैयाँ निक्षेप जम्मा हुँदा १ अर्ब रुपैयाँ मात्र बैंकहरुले लगानी गरेका छन् । 

पुस १ गते वाणिज्य बैंकहरुको निक्षेप ४६ खर्ब २५ अर्ब रहेकोमा पुस ८ गतेसम्ममा निक्षेप बढेर ४६ खर्ब ४५ अर्ब पुगेको छ । यस अवधिमा कर्जा प्रवाह १ अर्ब मात्रै बढेको छ । पुस १ गते वाणिज्य बैंकहरुको कुल कर्जा प्रवाह ४२ खर्ब २२ अर्ब रहेकोमा पुस ८ गतेसम्ममा बैंकहरुको कर्जा प्रवाह १ अर्बले बढेर ४२ खर्ब २३ अर्ब पुगेको छ । 

 त्यस्तै यस अवधिसम्ममा बैंकहरुको औसत सिडी रेसियो ८६.०६ प्रतिशत रहेको छ ।