बैंकिङ्ग समाचार, काठमाडौं ।
आज पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । सिद्धार्थ बैंक, नेपाल एसबिआई बैंक, लुम्बिनी विकास बैंक, विन्ध्यबासिनी हाइड्रोपावर र राधी विद्युत कम्पनीको लाभांश सुरक्षित गर्ने आज अर्थात पुस १२ गते अन्तिम दिन रहेको हो । यी पाँच ओटै कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १३ गते बुक क्लोज गरेकाले आज सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
सिद्धार्थ बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १२ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस २८ गते साधारण सभा बोलाएको छ । सभा आर्मी अफिसर्स क्लब भद्रकालीमा बिहान ११ बजे शुरु हुने कम्पनीले जानकारी दिएको हो ।
त्यस्तै नेपाल एसबिआई बैंकले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र कर सहित ७ दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस २५ गते साधारण सभा बोलाएको छ । सभा त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकालीमा बिहान ११ बजे शुरु गर्ने कम्पनीले जानकारी दिएको हो ।
राधी विद्युत कम्पनीले हाल कायम चुक्ता पूँजीको ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितको लागि कम्पनीले पुस २८ गते साधारण सभा बोलाएको छ । सभा कम्पनीको कार्यालय त्रिपुरेश्वरमा बिहान ११ बजे शुरु हुने जानकारी दिएको हो ।
बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले गत आवको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ०२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितको लागि कम्पनीले पुस २२ गते साधारण सभा बोलाएको छ । सभा कम्पनीको कार्यालय परिसर नयाँ बानेश्वर काठमाडौमा बिहान १० बजे भर्चुअल माध्यमबाट गर्ने कम्पनीले जानकारी दिएको छ ।
त्यसैगरी लुम्बिनी विकास बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र कर समेत गरेर ९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस २६ गते साधारण सभा बोलाएको छ । सभा अमृतभोग कालिका स्थान काठमाडौंमा बिहान ११ बजे गर्ने कम्पनीले जानकारी दिएको हो ।



About Us
प्रतिक्रिया