शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १४% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


बैंकिङ्ग समाचार, काठमाडौं ।
शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको । बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि पुस १२ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आज पुस ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारणसभाका सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंकको १४औँ वार्षिक साधारणसभा पुस २५ गते बिहान ११ बजेदेखि ड्रिमल्यान्ड गोल्ड रिसोर्ट, मणिग्राम रुपन्देहिमा शुरु हुनेछ ।

बैंकको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस सेयर र ०.७० नगद लाभांश (कर प्रयोजन) गरी कूल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यस्तै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा समेत छलफल गरी पारित हुनेछ । त्यस्तै सभाले मर्जर तथा एक्विजिसन प्रक्रिया अगाडी बढाउन संचालक समितीलाई अख्तियारी दिने प्रस्ताव समेत पारित गर्नेछ ।