बैंकिङ्ग समाचार, काठमाडौं ।
सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरणको प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्ष (आव) २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा कुल ३१ दशमलव ५८ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्तापूँजी रू. १२ करोड १६ लाख ४१ हजारको आधारमा ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ५८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।
लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ ।
प्रतिक्रिया