बैंकिङ्ग समाचार, काठमाडौं ।
एनएमबि बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ११ गते बुक क्लोज गरेसँगै आज सम्म कायम शेयरधनीले बैंकको साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई ८ दशमलव २५ प्रतिशत नगद लाभांश ( कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस २५ गते साधारण सभा गर्ने जानकारी दिएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने जानकारी दिएको हो ।



About Us
प्रतिक्रिया