नेप्सेले गर्यो सोल्टी होटलको शेयरमूल्य समायोजन


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले पुस ७ गते, बिहीबार सोल्टी होटल लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ होटलले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेले यस दिन होटलको ५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात होटलको शेयरमूल्य २१५ रुपैयाँ २४ पैसा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा होटलको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात बुधबार, होटलको शेयर प्रतिकित्ता २२६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

सोल्टी होटलले पुस २८ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ११ बजे ४८औँ वार्षिक साधारणसभा बोलाएको छ ।

सभाले हाल कायम चुक्ता पूँजीको २१.३१५ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनश शेयर गरी कुल २६.३१५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।