बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मङ्गलवार दोहोरो अंकको सुधार भएको छ । आज नेप्से १४.२२ अङ्कले बढेर १ हजार ८ सय ७३ दशमलव ११ विन्दुमा बन्द भएको हो ।
त्यस्तै, आज नेप्सेमा सुधार भएपनि कारोबार रकम भने समान्य बढेर ९३ करोड ८ लाख रुपैयाँ पुगेको छ । आज कारोबार भएका कम्पनीमध्ये १५२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ४६ वटा कम्पनीको शेयर मूल्य घटेको छ, १३ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार आज दुई कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि भएको छ । आज आँधिखोला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १५०७ रुपैयाँ पुगेको छ भने सृजनशील लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य पनि १० प्रतिशतले बढेर प्रतिकित्ता ९९६.६० रुपैयाँ पुगेको हो ।
आज सनराइज ब्लुचिप फन्डको मुल्यमा सर्वाधिक गिरावट आएको छ । यसको शेयर मूल्यमा आज ४ प्रतिशत भन्दा बढिले गिरावट आएको हो ।
त्यसैगरी, आज नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको सबैभन्दा बढी कारोबार भएको छ । यसको आज ६ करोड ३८ लाख भन्दा बढीको कारोबार भएको छ ।



About Us
प्रतिक्रिया