बैंक अफ काठमाण्डूको नगद लाभांश शेयरधनीको खातामा जम्मा


बैंकिङ्ग समाचार, काठमाडौं ।
बैंक अफ काठमाण्डूले आफ्ना शेयरधनीहरुलाई नगद लाभांश शेयरधनीको बैंक खातामा पठाउन सुरु गरेको छ । बैंकले डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीलाई साधारण सभा सम्पन्न भएको दिन (मंसिर २३ गते) देखि पठाउन लागेको जनाएको छ ।

बैंकले मंसिर २३ गते सम्पन्न आफ्नो वार्षिक साधारण सभाबाट पारित १४ दशमलव ९५ प्रतिशत नगद लाभांश (कर सहित) जम्मा गर्न सुरु गरेको जनाएको छ । बैंकले नगद लाभांश खातामा नआएका शेयरधनीलाई डिम्याट खाता र बैंक खाता अध्यावधिक गर्न आग्रह समेत गरेको छ ।

बैंक खाता अद्यावधिक गरेपछि उक्त लाभांश शेयरधनीको बैंक खातामा नै जम्मा हुने कम्पनीले जनाएको छ । बैंकको मंसिर २३ गते सम्पन्न सभाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट शेयरधनीलाई ६ प्रतिशत बोनश शेयर र १४ दशमलव ९५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।