मुक्तिनाथ विकास बैंकले प्रस्ताव गर्यो लाभांश


बैंकिङ्ग समाचार, काठमाडौं ।
मुक्तिनाथ विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को लाभांश प्रस्ताव गरेको छ । बैंकको पुस १ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १३ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७१ प्रतिशत नगद लाभांश गरी कुल १४ दशमलव २१ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

हाल कम्पनीको चुक्तापूँजी रू. ५ अर्ब ६५ करोड ७१ लाख ८० हजार रहेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि बैंकको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।