नेपाल एसबिआई बैंकले गर्यो पशुपति क्षेत्र विकास कोषलाई ब्रुमर सहयोग

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल एसबिआई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौैस्थित पशुपति क्षेत्र विकास कोषलाई अटोमेटेड ब्रुमर प्रदान गरेको छ । उक्त कार्यक्रममा नेपाल एसबिआई बैंककी अध्यक्ष जयती बन्सलले उक्त ब्रुमर प्रदान गरेकी हुन् ।

कार्यक्रममा प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कुमार दे, निर्देशक पिनाकी नाथ बेनर्जी, बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम, एस.बी.आई. भारतका उपमहाप्रबन्धक प्रिय रञ्जन, प्रमूख संचालन अधिकृत यादवेंद्र कांत, नयाँ व्यवसाय सल्लाहकार छपिराज पन्त, प्रमूख व्यवसाय विकास अधिकृत रितेश अर्याल साथै बैंक तथा कोषका विशिष्ट पदाधिकारीहरुको उपस्थितीमा कोषलाई उक्त ब्रुमर हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

साथै पशुपति क्षेत्र विकास कोष परिसरमा रहेको कैलाश डांडामा बैंकका अध्यक्ष जयती बन्सलले बृक्षारोपण गरेकी थिइन् ।

यस बैंकले ९१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १३० एटिएम बाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।