नेप्सेमा दोहारो अंकको गिरावट, कारोबार रकम भने उल्लेख्य बढेर १ अर्ब १९ करोड माथि

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन आज बिहिबार दोहोरो अंकले घटेको छ । आज नेप्से १४.४८ अंकले घटेर १ हजार ८ सय ८२ दशमलब ६० विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज नेप्सेमा कारोबार रकममा भने उल्लेख्य वृद्धि भएको छ । आज नेप्सेमा १ अर्ब १९ करोड २६ लाख भन्दा बढिको कारोबार भएको छ । बुधबार नेप्सेमा ७२ करोड ७८ लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको थियो । आज कारोबार भएका कम्पनीमध्ये २८ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १६७ वटा कम्पनीको शेयरमूल्य घटेको छ, १५ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।     

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा सर्किट लेभलमा वृद्धि भएको छ । बिहिबार रुरु जलबिद्युत परियाजनाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ८१७.१० रुपैयाँ पुगेको छ भने इस्टर्न हाइड्रोपावरको शेयरमूल्य पनि ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता २६१.३० रुपैयाँ पुगेको हो ।   

आज पिपुल्स हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य १० प्रतिशतले घटेको हो । 

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नपाल क्रेडिट एण्ड कमर्सियल बैंकको भएको छ । यसको आज २२ करोड ८९ लाख भन्दा बढीको कारोबार भएको छ ।