स्टार माइक्रो इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा बैशाख २९ गते गर्ने



काठमाडौं – स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले दोस्रो वार्षिक साधारणसभा बैशाख २९ गते सोमबार गर्ने भएको छ । कम्पनीको बैशाख ७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा रजिष्टर्ड कार्यालय, भानुचोक, जनकपुरधाम, धनुषामा दिउँसो १ बजे गर्ने जनाएको छ ।

सभाले कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८१\८२ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, स्वतन्त्र संचालकको नियुक्ति लगायतका विविध प्रस्ताव अनुमोदन गर्ने छ ।

सभाले संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०८०\ ०८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित कम्पनीको आर्थिक वर्ष २०८० \८१ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण उपर छलफल गरि पारित गर्नेछ ।