प्रभु बैंकको ८% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
प्रभु बैंकको लाभांश सुरक्षित गर्ने आज (मंसिर २९ गते) अन्तिम दिन रहेको छ । 

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १ गते बुकक्लोज गर्दैछ । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंकले हाल कायम चुक्ता पूँजीबाट ६.५० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित गरी १.५० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । सो लाभांश पारित गर्न बैंकले पुस १४ गते, बिहीबार एक्काइसौँ वार्षिक साधारण सभा बोलाएको हो । सो सभा बैंकको केन्द्रिय कार्यालय, बबरमहल, काठमाडौँमा बिहान ९ बजे शुरु हुनेछ ।

यसका साथै सभाले प्रभु बैंकले सेञ्चुरी बैंकलाई १ बराबर १ अनुपात अर्थात सेञ्चुरी बैंकको १०० कित्ता बराबर प्रभु बैंकको १०० कित्ता शेयर अनुपातमा एक्वायर गर्ने, एक्विजिशन प्रयोजनार्थ भएका सम्पूर्ण कार्य अनुमोदन गर्ने लगायतका विशेष प्रस्ताव पनि पारित गर्नेछ ।