नेरुडे लघुवित्तको २१ हजार ८५७ कित्ता संस्थापक शेयर विक्रीमा

नेरुडे लघुवित्तको २१ हजार ८५७ कित्ता संस्थापक शेयर विक्रीमा


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले २१ हजार ८५७ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो । यस शेयरमा कम्पनीको संस्थापक शेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् ।

शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५ सय रुपैयाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । इच्छुक संस्थापक शेयरधनीले आजको मितिले ३५ दिनभित्र कम्पनीको सञ्चालक समितिमा निवेदन दिनुपर्ने जानकारी दिएको छ ।

उक्त समय अवधिमा संस्थापक शेयरधनीहरूबाट कुनै पनि आवेदन नपरेमा अन्य व्यक्ति वा संस्थालाई विक्री गरिने जनाएको छ ।