बैंकिङ्ग समाचार, काठमाडौं ।
इक्रा नेपाल लिमिटेडले दशौं वार्षिक साधारण सभा पुस २२ गते गर्ने भएको छ ।
सभा एलोफ्ट काठमाडौं, ठमेलमा दिनको २ बजे शुरू हुने जानकारी दिइएको छ । सभाले हाल कायम चुक्तापूँजीको २० प्रतिशत बोनस शेयर र ५२ दशमलव १७ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने र आव २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीको मङ्सिर १९ गते बसेको सञ्चालक समितिको बैठकले दशौं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको थियो ।



About Us
प्रतिक्रिया