नेप्सेमा तीन कम्पनीको आइपीओ सूचिकृत

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेप्सेमा ३ कम्पनीको आइपीओ सुचिकृत भएको छ । आज इस्टर्न हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर र श्रीजनशील लघुवित्तको आइपीओ सुचिकृत भएको हो । शेयर सुचिकृत भएसँगै अब बुधबारदेखि कम्पनीको शेयर कारोबार हुनेछ ।

आज इस्टर्न हाइड्रोको ६२ लाख कित्ता, पिपुल्स हाइड्रोको ३ करोड २० लाख कित्ता र श्रीजनशील लघुवित्तको १० लाख ९३ हजार ७ सय ५० कित्ता शेयर सुचिकृत भएको हो । इस्टर्न हाइड्रोको शेयर EHPL पिपुल्स हाइड्रोको शेयर PHCL र श्रीजनशील लघुवित्तको शेयर SHLB सिम्बलबाट कारोबार हुनेछ ।

नेप्सेले इस्टर्न हाइड्रोको पहिलो कारोबारको लागि ७१ रुपैयाँ ३३ पैसादेखि २१६ रुपैयाँ ९९ पैसासम्मको सुरुवाती रेञ्ज तोकेको छ । यस रेन्ज बीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुन सक्नेछ ।

त्यस्तै पिपुल्स हाइड्रोको पहिलो कारोबारको लागि १०० रुपैयाँ देखि ३०० रुपैयाँ सम्मको रेञ्ज तोकिएको छ । यस रेञ्ज बीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुन सक्नेछ ।

श्रीजनशील लघुवित्तको पहिलो कारोबारको लागि ३०२ देखि ९०६ रुपैयाँ सम्मको रेञ्ज तोकिएको छ । यस रेन्ज बीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुन सक्नेछ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ ।