बैंकिङ्ग समाचार, काठमाडौं ।
नयाँ सारथी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्झौता सम्पन्न भएको छ । यी दुई लघुवित्तले मर्जर सम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा मंसिर २६ गते हस्ताक्षर गरेका छन् ।
जिल्ला नवलपरासी गैडाकोट ५, मा रजिष्टर्ड कार्यालय रहेको विजय लघुवित्त वित्तीय संस्था लिमिटेड र जिल्ला काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका वडा नम्बर ३, मा रजिष्टर्ड कार्यालय रहेको नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडबीच एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएका हो ।
नेपाल धितोपत्र बोर्डको धितोपत्र दर्ता गरिएका संगठित संस्था एक आपसमा गाभ्ने र गाभिने तथा प्राप्ती सम्बन्धी निर्देशिका २०७९ को व्यबस्था अनुसार दुबै कम्पनीको आधारभुत शेयरधनीहरुको शेयर कारोबार साधारण सभा सम्पन्न नभएसम्मको लागि रोक्का भएको छ ।
प्रतिक्रिया