सिभिल बैंकको मोबाईल बैंकिङ्ग एप नेपाल टेलिकममार्फत चलाउँदा शुल्क नलाग्ने

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिभिल बैंकको मोबाईल बैंकिङ्ग एप नेपाल टेलिकममार्फत चलाउँदा शुल्क नलाग्ने
बैंकिङ्ग समाचार, काठमाडौं ।
सिभिल बैंक लिमिटेड र नेपाल टेलिकम बिच सम्झौता भएको छ । सो सम्झौतापत्र अनुसार २०७९ पौष १ गते देखि नेपाल टेलिकमको मोबाईल सेवा प्रयोगकर्ताहरुले डाटा अन गरी सिभिल बैंकको मोबाईल बैंकिङ्ग एप मार्फत फन्ड ट्रान्सफर, क्यूआर पेमेन्ट लगायत अन्य फिचरहरुको उपयोग गर्दा कुनै पनि शुल्क लाग्ने छैन ।

उक्त सम्झौतापत्रमा सिभिल बैकका तर्फबाट चिफ विजिनेस भोला बहादुर बिष्ट र नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यवसायिक अधिकृत संगिता अर्यालले हस्ताक्षर गरेका थिए । 

नेपाल राष्ट्र बैंकको विद्युतीय माध्यम मार्फत कारोबार गर्न प्रोत्साहन गर्ने नीति बमोजिम सिभिल बैंकले आफ्नो ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै यो सम्झौता गरेको हो ।

सिभिल बैंकको साढे चार लाख भन्दा बढी मोबाईल बैंकिङ्ग एपका प्रयोगकर्ताहरु यस सम्झौतापत्रबाट प्रत्यक्ष लाभान्वित हुने कुरा सिभिल बैकका चिफ विजिनेस भोला बहादुर बिष्टले बताए । 

हालसम्म रु. ९५.२४ अर्व निक्षेप संकलन गरि करिव रु. ८७.०८ अर्व ऋण लगानी गरेको सिभिल बैंकको हाल ११५ शाखा, १३ वटा एक्सटेन्सन काउण्टर तथा १०२ एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।