बैंकिङ्ग समाचार, काठमाडौं ।
सनराइज बैंक लिमिटेडले यस वर्ष लाभांश नदिने भएको छ । बैंकको मंसिर २५ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणलाई स्वीकृति प्रदान गर्दै लाभांश वितरण नगर्ने निर्णय गरेको हो । विगतका वर्षहरुमा यस बैंकले निरन्तर लाभांश वितरण गर्दै आएको थियो ।
बैंकले अघिल्लो वर्ष अर्थात २०७७/७८ को नाफाबाट भने सेयरधनीलाई ७ प्रतिशत लाभांश वितरण गरेको थियो ।
हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब ११ करोड रुपैयाँ रहेको छ ।



About Us
प्रतिक्रिया