बैंकिङ्ग समाचार, काठमाडौं ।
नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई ३० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १८.५ प्रतिशत बोनस शेयर र ११.५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो ।
बैंकले गत वर्ष ३८ प्रतिशत लाभांश दिएको थियो । यस वर्ष भने लाभांश दर घटेको छ ।
बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।



About Us
प्रतिक्रिया