साताको पहिलो दिन नेप्सेमा उच्च अंकको गिरावट भइ १९ सय बिन्दु मुनि, कारोबार रकम १ अर्ब माथि


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आज आइतबार उच्च अंकले घटेको छ । आज नेप्से ३१.९७ अंकले घटेर १ हजार ८ सय ८५ दशमलब ३१ विन्दुमा बन्द भएको हो । अघिल्लो साताको अन्तिम दिन बुधबार नेप्से १६.६१ अंकले घटेर १ हजार ९ सय १७ दशमलब २८ विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, आज शेयर बजार परिसूचकांकसँगै कारोबार रकम पनि घटेको छ । आज नेप्सेमा १ अर्ब १० करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा १ अर्ब ६५ करोड ४६ लाख रुपैयाँ बराबरको करोबार भएको थियो । 

आज कारोबारमा आएका कम्पनीहरुमध्ये २५ वटा कम्पनीको शेयरमुल्य बढेको छ भने १८० वटा कम्पनीको शेयरमूल्य घटेको छ, ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । सिवाइसी नेपाल लघुवित्त, समित लघुत्ति र मैलुङ खोला जलविद्युत कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । सीवाइसी लघुवित्तको १० प्रतिशत, समित लघुवित्तको ९.९९ र मैलुङ खोला जलविद्युतको ९.५० प्रतिशतले बढेर कारोबार भएको छ ।  

नेप्सेका अनुसार आज नाडेप लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबै भन्दा बढि गिरावट भएको छ । यसको शेयरमूल्य १० प्रतिशतसम्म घटेको हो । 

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम सिमेन्टको शेयरको भएको छ । यसको आज १० करोड ९३ लाख भन्दा बढीको कारोबार भएको छ ।