लक्ष्मी बैंकले शेयरधनीलाई यो वर्ष लाभांश नदिने


बैंकिङ्ग समाचार, काठमाडौं ।
लक्ष्मी बैंकले गत वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई लाभांश नदिने भएको छ । बैंकको आइतबार बिहान बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण पारित गर्दै लाभांश बितरण नगर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकले बैंकको वित्तीय विवरण स्वीकृत गरेको छ । तर बैंकले वितरणयोग्य मुनाफालाई संचितिमा राख्ने भएसँगै शेयरधनीलाई लाभांश वितरण नगर्ने जनाएको छ ।

\"\"