नाडाको धर्नालाई निकासी पैठारी संघको समर्थन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले मिति २०७९ मंसिर २२ गते बिहीबार माइतीघर मण्डलामा आयोजना गरेको विरोध कार्यक्रममा नेपाल समुद्रपार निकासी पैठारी संघले समेत सक्रिय सहभागिता जनाएर समर्थन गरेको छ । 

विरोध कार्यक्रममा संघका अध्यक्ष विनोदकुमार सेठिया, महासचिव अनिलकुमार अग्रवाल, सचिव गौरव शारडा, कोषाध्यक्ष प्रभातकुमार सर्राफलगायत कार्यसमितिका सदस्यहरु सहभागी भएका थिए । 

नाडामा आबद्ध अटो व्यवसायीले माइतीघर मण्डलामा धर्ना दिएर आयातका लागि प्रतीतपत्र (एलसी) खोल्दा राख्नुपर्ने ५० प्रतिशतदेखि १०० प्रतिशतसम्मको नगद मार्जिन हटाउनुपर्ने र पुरानै मार्जिन प्रतिशतको व्यवस्था यथावत राख्नुपर्ने, बैंक ब्याजदर र अटो कर्जा जोखिम भार घटाउनुपर्ने, कर्जाको पुनर्तालिकीकरण तथा ब्याजदरमा विशेष सहुलियतको व्यवस्था गरिनुपर्ने लगायतका माग राखेका थिए ।