नेप्सेमा आज उच्च अंकको गिरावट, कारोबार रकम भने बढेर १ अर्ब ६५ करोड माथि


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन बुधबार दोहोरो अंकले घटेको छ । आज नेप्से १६. ६१ अंकले घटेर १ हजार ९ सय १७ दशमलब २८ विन्दुमा बन्द भएको हो । मंगलबार नेप्से ४.८७ अंकले घटेर १ हजार ९ सय ३३ दशमलब ८८ विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, आज शेयर बजार घटेपनि कारोबार रकममा भने उच्च वृद्धि भएको छ । आज नेप्सेमा १ अर्ब ६५ करोड ४६ लाख रुपैयाँ बराबरको करोबार भएको छ । मंगलबार नेप्सेमा ९६ करोड ५२ लाख रुपैयाँ बराबरको करोबार भएको थियो । 

आज कारोबारमा आएका कम्पनीहरुमध्ये ३७ वटा कम्पनीको शेयरमुल्य बढेको छ भने १५९ वटा कम्पनीको शेयरमूल्य घटेको छ, ८ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । खप्तड लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६.९ प्रतिशतले बढेर प्रतिकित्ता ४४०.५० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज नाडेप लघुवित्त वित्तीय संस्था र ग्लोबल आइएमई बैंकको शेयरमूल्यमा सबैभन्दा बढि गिरावट भएको छ । यि दुवै कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको हो । 

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी सानिमा बैंक लिमिटेडको प्रोमोटर शेयरको भएको छ । यसको आज ६७ करोड २ लाख भन्दा बढीको कारोबार भएको छ ।