बाराही हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणमा जारी


बैंकिङ्ग समाचार, काठमाडौं ।
बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले मंसिर २१ गते (आज) देखि सर्वसाधारणमा आईपीओ जारी गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा आईपीओ बाँडफाँट गरी दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो । 

पहिलो चरणमा आयोजा प्रभावित स्थानीयमा वितरण हुन नसकेको १ लाख ४ हजार कित्ता शेयर शेयर समेत जोडेर कम्पनीले सर्वसाधारणमा कुल ५ लाख ५४ हजार कित्ता शेयर सर्वसाधारणमा वितरण गर्न लागेको हो ।

सर्वसाधारणमा वितरण गरिने कुल कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात २७ हजार ७०० कित्ता शेयर सामूहिक लगानी कोषहरुको लागि बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात ११ हजार ८० कित्ता शेयर कर्मचारीका लागि छुट्याईएको छ । यी बाहेक बाँकी ५ लाख १५ हजार २२० कित्ता शेयर भने कम्पनीले सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा आएको हो ।

यो शेयर छिटोमा मंसिर २६ गतेसम्म विक्रीमा रहनेछ भने छिटो अवधिसम्म माग बमोजिम आवेदन नपरेमो ढिलो अवधि पुस ६ गतेसम्म विक्री लम्बिनेछ ।

लगानीकर्ताले यो शेयर खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सक्नेछन् । आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाले कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ते इक्रा एनपी इस्यूअर रेटिङ्ग बि माइनस रेटिङ्ग प्रदान गरेको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथैै सिडिएससीको मेरो शेयर वेबसाइट वा एपमार्फत पनि आवेदन दिन सक्ने व्यवस्था छ ।