बैंकिङ्ग समाचार, काठमाडौं ।
मेगा बैंक नेपाल लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आजसम्म रहेको छ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि मङ्सिर २३ गते बुक क्लोज गरेसँगै भोलि मङ्सिर २२ गते सार्वजनिक बिदाका कारण आजसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।
कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ४ प्रतिशत बोनस शेयर र ३ दशमलव ८३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस ७ गते साधारण सभा बोलाएको छ । कम्पनीले सभा राष्ट्रिय सभागृह प्रदशनी मार्ग, काठमाडौंमा हुने जानकारी दिएको छ ।



About Us
प्रतिक्रिया