पछिल्लो सातामा वाणिज्य बैंकहरुमा थपियो ११ अर्ब निक्षेप, कर्जा प्रवाह १ अर्बले बढ्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
पछिल्लो एक सातामा वाणिज्य बैंकहरुमा ११ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । यहि मंसिर ९ गतेदेखि १६ गतेसम्मको अवधिमा बैंकहरुमा उक्त बराबर निक्षेप थपिएको हो ।     

नेपाल बैंकर्स संघका अनुसार मंसिर ९ गतेसम्म वाणिज्य बैंकहरुमा ४५ खर्ब ६२ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । उक्त निक्षेप ११ अर्ब रुपैयाँले बढेर मंसिर १६ गतेसम्म आइपुग्दा ४५ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको छ । 

त्यस्तै, यस अवधिमा बैंकहरुको कर्जा प्रवाह पनि बढेको छ । मंसिर ९ गतेसम्म वाणिज्य बैंकहरुले ४२ खर्ब २२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त कर्जा प्रवाह मंसिर १६  गतेसम्म आइपुग्दा एक अर्ब रुपैयाँले बढेर ४२ खर्ब २३ अर्ब रुपैयाँ पुगेको संघको तथ्यांकमा उल्लेख छ ।