बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल धितोपत्र बोर्डले आगामी दिनमा कम्पनीहरुले प्रारम्भिक सार्वजनिक निष्काशन गर्दा निष्काशित शेयरको दश प्रतिशत शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुको लागि छुट्याई बाँडफाँड गर्नु पर्ने व्यवस्था गरिसकेकोले वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा जान लागेका नेपालीहरुलाई न्यून शुल्कमा डिम्याट खाता खोलि नविकरण गर्ने झनझटबाट मुक्त हुनको लागि यस एनआईसी एशिया क्यापिटलले “Pay One Time, Forget for Lifetime” भन्ने मुल नाराका साथ “एनआईसी एशिया ९९९ वैदेशिक रोजगार डिम्याट खाता” योजना सार्वजनिक गरेको छ । साथै यस योजना अन्तर्गत हाल संचालनमा रहेका खातावालाहरुले समेत मात्र रु.९९९ भुक्तानी गरी DeMat खाता Lifetime को लागि नविकरण गर्न सक्नेछन् ।
उक्त योजना अन्तर्गत डिम्याट खाता खोल्नको लागि एन आई सी एशिया क्यापिटलको वेभसाइट www.nicasiacapital.com वा सोझै https://onlinedemat.nicasiacapital.com/#/register मा क्लिक गरि रितपुर्वक विवरण भरी उक्त विवरण Successfully Submission भए पश्चात डिम्याट खाता नम्बर यथासिघ्र उपलब्ध गराईनेछ ।
Lifetime Demat खाता खोल्नको तथा नविकरण गर्नका लागि यस क्यापिटलको नाममा एनआईसी एशिया बैंक लिमिटेड, थापाथली, काठमाण्डौमा रहेको बैंक खाता (Account Name: NIC ASIA CAPITAL LTD-LIFETIME DEMAT, Bank A/C No. 0544454451025643) मा रु.९९९ जम्मा/रकमान्तरण गरी वा अनलाईन भुक्तानी माध्यमहरु E-Sewa, Khalti, Connect IPS and FonePay मार्फत भुक्तानी गर्न सकिने छ ।
यस सम्बन्धमा कुनै समस्या वा थप जानकारीको लागि क्यापिटलको मोवाईल नम्बरहरु ९८४७३४५०९९, ९८४७३४५१०७ र ९८४८८६५२२३ मा कार्यालय समय भित्र सोझै सम्पर्क गरी तथा ईमेल ठेगाना [email protected] ईमेल गर्न सकिने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईएकोछ ।



About Us
प्रतिक्रिया