शिखर पावर डेभलपमेन्टले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
शिखर पावर डेभलपमेन्ट लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणमा प्रति कित्ता अंकित मुल्य एक सय रुपेयाँको दरको ९ लाख ९२ हजार ५८०  कित्ता साधारण शेयर जारी गर्ने भएको हो । 

उक्त शेयर सार्वजनिक निष्कासन गर्नको लागि ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ । उक्त सम्बन्धमा कम्पनी र क्यापिटलबीच शेयर निष्कासन सम्बन्धी सम्झौता सम्पन्न भएको छ । एक कार्यक्रमका बीच शिखर पावर डेभलपमेन्टको तर्फबाट प्रबन्ध निर्देशक हेमराज आचार्य र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

यस शिखर पावर डेभलपमेन्टको अधिकृत पुँजी ५० करोड रुपैयाँ र जारी पुँजी ३३ करोड ८ लाख ६० हजार रुपैयाँ रहेको छ । संस्थापक समुहको ७० प्रतिशत शेयर रहेको यस कम्पनीमा १० जना संस्थापक शेयरधनीहरुबाट २३ करोड १६ लाख २ हजार रुपैंया बराबरको शेयरपुँजी चुक्ता भइसकेको छ ।