नेपाल इन्भेष्टमेण्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि मंसिर २१ गते अर्थात भोली एकदिनका लागि बैंकले बुकक्लोज गर्ने भएसँगै आज सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीले गत आवको सञ्चित मुनाफाबाट शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश (कर सहित) र ४ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

यो प्रस्ताव पारितका लागि कम्पनीले पुस ७ गते ३६औं वार्षिक साधारण सभा बोलाएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान १० बजे गर्ने जानकारी दिएको हो ।