एनएमबि बैंकको लाभांश घोषणा, शेयरधनीले नगद लाभांश मात्र पाउने

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
एनएमबि बैंक लिमिटेडले यस वर्ष नगद लाभांश मात्र वितरण गर्ने भएको छ । बैंकको मंसिर १९ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ सम्मको वितरणयोग्य रकमबाट हाल कायम चुक्तापूँजी रू. १८ अर्ब ३६ करोड ६७ लाख ५ हजारको आधारमा ८ दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कर समेत वितरण गर्ने प्रस्ताव गरेको यो नगद लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात् बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । गत वर्षभन्दा यस वर्ष बैंकको लाभांश घटेको हो । गत वर्ष १२ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि बैंकले ३ दशमलव ३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।