नेप्सेमा आज उच्च अंकको गिरावट, २४.४६ अंकले घटेको बजारमा कारोबार रकम भने बढ्दो क्रममा

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन आज सोमबार भारी अंकले घटेको छ । आज नेप्से २४.४६ अंकले घटेर १ हजार ९ सय ३८ दशमलब ७६ विन्दुमा बन्द भएको हो । आइतबार नेप्से २.१६ अंकले बढेर १ हजार ९ सय ६३ दशमलब २२ विन्दुमा बन्द भएको थियो ।         

त्यस्तै, आज कारोबार रकममा भने सामान्य वृद्धि भएको छ । नेप्सेमा आज १ अर्ब ६७ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा १ अर्ब ५६ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज कारोबार भएका कम्पनीमध्ये १४ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १८१ वटा कम्पनीको शेयरमूल्य घटेको छ, ४ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।    

नेप्सेका अनुसार आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आइतबार सयपत्री हाइड्रोपावर लिमिटेडको शेयरमूल्य ३.१२ प्रतिशतले बढेर प्रतिकित्ता ३६४ रुपैयाँ पुगेको छ । 

आज अजोड इन्स्योरेन्स लिमिटेडको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको हो । 

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी रिडी पावर कम्पनीको भएको छ । यसको आज ३० करोड ८३ लाख भन्दा बढीको कारोबार भएको छ ।