बैंकिङ्ग समाचार, काठमाडौं ।
कामना सेवा विकास बैंकले थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा आइतबारबाट रुपन्देही जिल्लाको तिलोत्तमा न.पा. वडा नं. ०३ मा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।
बैंकका सञ्चालक भिम प्रसाद तुलाचन र वडा नं. ०३ का वडा अध्यक्ष कल्याण प्रसाद पौडेलले संयुक्त रुपमा शाखा रहित बैंकिङ्ग सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए ।
तिलोत्तमा न.पा. वडा नं ०३ स्थित न्यू पाल्पाली जनरल स्टोर्स (प्रो. मुना घिमिरे) शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त भएकाे छ ।
शाखा रहित बैंकिङ्ग मार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिने बैंकले जनाएको छ ।



About Us
प्रतिक्रिया