प्राइम कमर्सियल बैंकको संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणको लागि विक्री खुला गरेको छ । 

बैंकले संस्थापक शेयर संस्थापक शेयरधनीहरुको लागि खरीद गर्ने गरी ३५ दिने सूचना जारी गरेकोमा उक्त समय अवधिमा कुनै पनि संस्थापक शेयरधनीको आवेदन नपरेकाले सर्वसाधारणको लागि शेयर विक्री खुला गरेको जनाएको छ ।

उक्त संस्थापक शेयर खरीद गर्न ईच्छुक सर्वसाधारण शेयरधनीले आजको मितिले १५ दिनभित्र कम्पनीको कम्पनी सचिवको कार्यालयमा सम्पर्क राख्न बैंकले आग्रह गरेको छ ।