बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले अजोड इन्स्योरेन्सकोे शेयर कारोबार फुकुवा गरेको छ । यस कम्पनीको आधारभुत शेयरधनी बाहेक अन्य शेयर कारोबार फुकुवा गरेको हो । नियामक निकाय नेपाल धितोपत्र बोर्डले मर्जरमा गएका कम्पनीको समेत कारोबार खुलाउने गरी निर्देशिका जारी गरेपछि यस कम्पनीले कारोबार खोल्न नेप्सेमा निवेदन दिएको थिए ।
सोही अनुसार कम्पनीको शेयर सोमवार देखि कारोबारमा आउनेछ । प्रभु इन्स्योरेन्स र यस अजोड इन्स्योरेन्स एक आपसमा मर्जरमा जाने सम्झौता भएसँगै साउन १ गते देखि दुबै कम्पनीको शेयर कारोबार रोकिएको थियो । प्रभु इन्स्योरेन्सको पनि आधारभुत शेयरधनीबाहेकको शेयर फुकुवा भइसकेको छ ।
प्रतिक्रिया