बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आज आइतबार झिनो अंकको वृद्धि भएको छ । आज नेप्से २.१६ अंकले बढेर १ हजार ९ सय ६३ दशमलब २२ विन्दुमा बन्द भएकोे हो । बिहिबार नेप्से ११.२२ अंकले बढेर १ हजार ९ सय ६१ दशमलब ०६ विन्दुमा बन्द भएको थियो ।
त्यस्तै, आज कारोबार रकम पनि वृद्धि भएको छ । आज नेप्सेमा १ अर्ब ५६ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । बिहिबार नेप्सेमा १ अर्ब ३२ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका कम्पनीमध्ये ९७ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ८९ वटा कम्पनीको शेयरमूल्य घटेको छ, १३ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ३२१.८० रुपैयाँ पुगेको छ ।
आज नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको हो ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यसको आज १९ करोड ८० लाख भन्दा बढीको कारोबार भएको छ ।



About Us
प्रतिक्रिया