बैंकिङ्ग समाचार, काठमाडौं ।
नेशनल लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार कम्पनीको ३४ औं वार्षिक साधारण सभा कम्पनीको केन्द्रिय कार्यालय काठमाडौंमा सम्पन्न भएको छ । सभामा कम्पनीले लाभांश सहितका प्रस्तावहरु पारित गरेको छ । उक्त सभा अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सम्पन्न भएको हो ।
सभाले आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन उपर छलफल गरि पारित गरेको छ । सभाले आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्त गर्ने र नीजको पारिश्रमिक पारित गरेको छ ।
कम्पनीले गत भदौ २७ गते आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १५ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको थियो । सभाले उक्त प्रस्ताव पनि अनुमोदन गरेको छ । कम्पनीको हालको चुक्ता पूँजी ४ अर्ब तीन करोड ५१ लाख रुपैयाँ छ । यस पूँजीको १५ प्रतिशत अर्थात ६० करोड ५२ लाख रुपैयाँको बोनश शेयर वितरण गर्ने भएको हो । कम्पनीले कर प्रयोजनका लागि ० दशमलव ७८९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । उक्त प्रस्ताव अनुमोदन भएको छ ।
प्रस्तावित बोनश शेयर पछि कम्पनीको चुक्ता पूँजी ४ अर्ब ६४ करोड चार लाख रुपैयाँ पुग्नेछ ।
कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनका लागि मंसिर ८ गते एक दिनका लागि बुक क्लोज गरिसकेको थियो। त्यसकारण मंसिर ७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।
प्रतिक्रिया