धौलागिरी र खप्तड लघुवित्तबीच मर्जरमा जाने सम्झौता

धौलागिरी र खप्तड लघुवित्तबीच मर्जरमा जाने सम्झौता


बैंकिङ्ग समाचार, काठमाडौं ।
धौलागिरी लघुवित्त वित्तीय संस्था र खप्तड लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्झौता सम्पन्न भएको छ । मर्जर सम्झौतामा धौलागिरीको तर्फबाट अध्यक्ष इश्वरलाल राज भण्डारी र खप्तडको तर्फबाट अध्यक्ष सुमन प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार मर्जर पश्चात बन्ने कम्पनीको धौलागिरी लघुवित्त वित्तीय संस्था नै रहने छ भने अध्यक्षमा इश्वरलाल राज भण्डारी रहने छन् ।सम्झौतासँगै मर्जरको लागि मर्जर संयोजक समिति गठन भएको छ । समितिको सदस्यहरुमा धौलागिरीबाट सञ्चालकद्वय हरि प्रसाद शर्मा र सिर्जना थापा रहने कम्पनीले जनाएको छ भने खप्तडबाट संचालकद्वय रणदेव कृष्ण श्रेष्ठ र डबल बहादुर शाह रहनेछन् ।

धौलागिरी लघुवित्तले साउन २४ गतेदेखि साउन २९ गतेसम्म सर्वसाधारणलाई ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।

त्यस्तै खप्तड लघुवित्तले भदौ ८ गतेदेखि भदौ १२ गतेसम्म सर्वसाधारणलाई आईपीओ निष्सकासन गरेको थियो । कम्पनीले सर्वसाधारणलाई १ करोड ३२ लाख रकम बराबरको १ लाख ३२ हजार कित्ता शेयर निष्काशन गरेको थियो ।