सानिमा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


बैंकिङ्ग समाचार, काठमाडौं ।
सानिमा बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आइतवारसम्म रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि मंसिर १९ गते बुक क्लोज गरेसँगै मंसिर १८ गते आइतवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ९८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस ३ गते साधारण सभा बोलाएको छ । सभा आम्रपालि ब्याक्वेट बालुवाटार काठमाडौंमा हुनेछ ।