नेप्सेले मर्जर प्रक्रियामा रहेको कारण रोकिएको दुई इन्स्योरेन्सको शेयर कारोबार गर्यो फुकुवा

नेप्सेले मर्जर प्रक्रियामा रहेको कारण रोकिएको दुई इन्स्योरेन्सको शेयर कारोबार गर्यो फुकुवा


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले प्रभु इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सकोे शेयर कारोबार फुकुवा गरेको छ ।

यी दुबै कम्पनीको आधारभुत शेयरधनी बाहेक अन्य शेयर कारोबार फुकुवा गरेको हो । नियामक निकाय नेपाल धितोपत्र बोर्डले मर्जरमा गएका कम्पनीको समेत कारोबार खुलाउने गरी निर्देशिका जारी गरेपछि यी दुबै कम्पनीले कारोबार खोल्न नेप्सेमा निवेदन दिएको थिए । सोही अनुसार दुबै कम्पनीको शेयर आइतवार देखि कारोबारमा आउनेछ ।

प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्स बीच एक आपसमा मर्जरमा जाने समझदारीपत्रमा हस्ताक्षर भएसँगै साउन १ गतेदेखि शेयर कारोबार रोक्का भएको थियो । त्यसैगरी प्रिमियर इन्स्योरेन्स कम्पनी र सिद्धार्थ इन्स्योरेन्स कम्पनी एक आपसमा मर्जरमा जाने समझदारी पत्रमा हस्ताक्षर भएपछि असार २८ गते देखि शेयर कारोबार रोक्का भएको थियो ।